नेपाली काँग्रेस भरतपुर वडा नं.-११ नवजीवनटोलले  नयाँ समिति गठन गरेको छ ।   शनिबार बिहान भरतपुर–११ कुमाल गुठीमा  भएको भेलाले खुस बहादुर कुमालको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।  समितिमा दिनेस योञ्जन उपसभापति, राज तामाङ सचिव, सुनिता लामा कोषध्यक्ष तथा दिनेश ढकाल सह–सचिव रहेका छन् ।  त्यसैगरी सदस्यहरुमा मनोज ठाकुर, लिला प्रसाद लौडारी, सन्देश गुरुङ, निम बहादुर मगर, लेख बहादुर खड्का, संगीता लामा, गणेश गुरुङ, रिचिङ जिम्बा,, जयलाल कँडेल, पासाङ लामा र सन्त बहादुर गुरुङ रहेका छन् ।

टोलका जेष्ठ काँग्रेस सदस्य चन्द्रबहादुर गुरुङ सभापति रहेको कार्यक्रममा अम्बर बहादुर लामा, निर्मल पौडेल, कुल प्रसाद कँडेल, युवराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।  नेपाली काँग्रेसको स्थानीय तह पुनःसंरचना गठन कार्यक्रम अन्तर्गत टोलमा समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !