चितवनः प्रजातन्त्र दिवसका अबसरमा आज यहा झण्डोत्तोलन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी चोकमा नेपालको नयाँ झण्डा राखि झण्डोत्तोलन समेत गरिएको हो ।

प्रजातन्त्र दिवस जिल्ला समारोह समिति चितवनको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा झण्डोत्तोलन गर्नु भएको थियो ।
भरतपुरको मुख्य बजार र सरकारी कार्यालय क्षेत्र प्रबेश गर्ने र वाहिरिने महत्वपूर्ण यस ठाउँमा झण्डा राखिएको हो । जहाँबाट पवित्र तिर्थस्थल देवघाट पनि प्रबेश गर्न सकिन्छ । सडकको बिचमा वनाइएको गोलो भागमा झण्डा राखिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रजातन्त्रको दिवसको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । सो ठाउँलाई थप सुन्दर वनाइदै छ । नारायणगढ मुग्लिन सडक खण्डको बिस्तारका क्रममा आँपटारीमा सडकको बिचमा गोलो ठाउँ छाडिएको थियो । सोही ठाउँमा राष्ट्रिय झण्डा राखिएको हो ।

नेपालमा प्रजातन्त्र दिवस वि. सं.२००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अत्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । यस्तै भरतपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल एवं जुस वितरण गरिएको छ भने सहयोगापेक्षि सडक मानवको अभिभावक मानवसेवा आश्रममा आश्रीत व्यक्तिहरुलाई खाना खुवाई राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !