चितवनः जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ वटा मतदान केन्द्र थप गर्न सिफारीस गरेको छ । जिल्ला मतदान स्थल तथा केन्द्र सिफारीस समितिले जिल्लामा रहेका ४ सय ८ वटा केन्द्रमा थप गरि ४ सय २६ वटा सिफारीस गरेको हो ।

कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार वि. सं. २०७४ सालमा भएका १ सय ६४ वटा स्थलमानै पर्ने गरि ती केन्द्रहरु थप गरिएको हो । जिल्लामा मतदाता संख्यामा बृद्धि भए संगै केन्द्र थप गरिएको उहाँले बताउनुभयो । वि.सं. २०७४ सालको निर्वाचनमा ३ लाख ५४ हजार ३४ मतदाता रहेका थए । अहिले पुस ५ गते सम्म १८ वर्ष उमेर पुगेका ३ लाख ६८ हजार ७ सय ४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने कामलाई तिब्र बनाएको उहाँल बताउनुभयो । अध्याबधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबार सम्म अध्याबधिक गरेर नामावली कार्यालयमा पठाउने उहाँले जानकारी दिनुभयो । स्थानिय तहमा गरिएको अध्याबधिक बिबरण कार्यालयले फागुन २ गते सम्ममा निर्वाचन आयोगमा पठाइ सक्ने छ । कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनीक गर्दै छ ।

अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ वटा बिद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ । आयोगले तोके बमोजीम जिल्लामा रहेका तीन वटा संघिय निर्वाचन क्षेत्रमा रहेका ती बिद्यालयमा शिक्षा दिइएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९ सय भन्दा वढि सामुदायीक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !