
चितवनः भरतपुर महानगरपालिकाले गौरबको रुपमा लिएको आयोजना सिटीहल निर्माणको काम तिब्र रुपमा अघि वढाइएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बाइपास सडक संगै चार विगाह चार कठ्ठा जमिनमा सिटिहल निर्माणको काम भइरहेको छ ।
महानगरपालिकाले तेस्रो प्रयास पछि जग्गा प्राप्त गरि योजना अघि वढाए संगै आज यहाँ स्थलगत रुपमा पत्रकार सम्मेलनको आयोजना गरि योजनाको बारेमा जानकारी गराईएको हो । सघन शहरी भवन निर्माण आयोजना चितवनले बोलपत्र आव्हान गरि आयोजना अघि वढाएको हो ।
अत्याधुनिक यस सिटीहल नेपालकै नमुना सुबिधासम्पन्न वनाउन लागिएको छ । यही मंसिर महिनामा ठेकेदार कम्पनीसंग सम्झौता भई काम तिब्र गतिमा अघि वढाइएको हो । हाल सिटीहलका लागि जगमा ग्रावेल राख्ने र रडको काम भईरहेको छ । जसमा दैनिक ५० जना भन्दा वढि मजदुर परिचालन भएका छन् । आयोजना स्थलमानै रेडिमिक्स जडान गरि कामलाई अघि वढाइदै छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकार सम्मेलनमा शिवनगर र विपि कोइराला मेमोरीयल क्यान्सर अस्पतालको जग्गामा सिटीहल निर्माण गर्ने गृहकार्य सफल नभए पछि यस ठाउँलाई चयन गरेर काम अघि वढेको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगरमा ग्रामिण क्षेत्र भएकाले उपयुक्त नहुने परामर्श पछि क्यान्सर अस्पतालको जमिन छनोट गरिएको थियो । सम्पूर्ण प्रकृया पुरा गरेर मन्त्री परिषदमा पुगे पछि निर्णय हुन नसके संगै हालको ठाउँ चयन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा महानगरपालिकाको नाममा ल्याएर निर्माण अघि वढाइएको हो । आँफु प्रमुख भए देखिनै थालिएको गृहकार्य सफल भए पछि दाहालले निर्माण स्थलमानै पत्रकार सम्मेलनको आयोजना गरि खुशि प्रकट गर्दै आयोजनाको कामको बारेमा जानकारी गराउनु भएको हो । उहाँले भन्नुभयो “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल सहित राजनैतिक दलहरु र सरोकारवालाहरुको सकारात्मक सहयोगका कारण महानगरको गौरवको आयोजना अघि वढेको छ ।”
उहाँले ठेकेदार कम्पनीलाई आबश्यक सहयोग गर्न महानगर तयार रहेको भन्दै निर्धारित समयमा गुणस्तरमा सम्झौता नगरी काम गर्न अनुरोध गर्नुभयो । ठेकेदार कम्पनी र आयोजनाका प्राबिधिकहरुको सक्रियताका कारण काम तिब्र रुपमा अघि वढेको बताउनुभयो । महानगरपालिका हुनका लागि आबश्यक हुने मापदण्ड भित्र सिटीहल पर्ने भन्दै उहाँले निरन्तरको प्रयासबाट काम सुरु हुन सकेको वताउनुभयो ।
जग्गाको अन्तिम टुङ्गो लागेपछि बजेटको सुनिश्तता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रिया लगायतका सम्पूर्ण प्रक्रिया पु¥याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता गरेर काम अघि वढाउन लामो समय लागेको थियो ।
सभागृह निर्माणका लागि ईण्डो सगुन रौताहा जेभी रुपन्दही र सघन शहरी भवन निर्माण आयोजना चितवन बीच सम्झौता भएको छ । बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेकोमा रु. ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । दुईवटा भ¥याङ् र दुइवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक ६ हजार ५ सय वर्गमिटरमा हुने उहाँको भनाइ छ ।
जुन क्षेत्रफल एक विगाहको हुने छ । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उहाँले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय स्तरको आकर्षक सिटीहल बन्ने अर्याल बताउनुहुन्छ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्यालको भनाई छ । हालसम्म यति सुविधासम्पन्न र सुन्दर सभागृह नेपालमा नरहेको प्राबिधिकहरु बताउँछन् ।
ठेकेदार कम्पनीका तर्फबाट आधिकारीक प्रतिनिधि सहदेव खड्काले सम्झौता भएको मितिबाट २७ महिना भित्रमा काम सक्ने गरि सम्झौता भएको भए पनि निर्धारीत समय अघिनै काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगरपालिकाको जुन सहयोग प्राप्त भएको छ । यसलाई निरन्तरता दिएर सबै तिरबाट साथ र सहयोग भएमा हामी तोकिएको मिति अघिनै काम सम्पन्न गर्छाैं । ”
सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । मध्य नेपालमा पर्ने चितवनमा अधिकांश संघ संगठन, दलहरुले कार्यक्रम आयोजना गर्ने ईच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रीत हुनुपर्ने बाध्यता सिटीहल निर्माण संगै हट्ने छ ।