
चितवनः दिपज्योती अभिवृद्धि वचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवस एबं २६ औं बाषिकोत्सब समारोह आज भरतपुरमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्र वहादुर खड्काले दिपज्योती जिल्लामा नमुना सहकारीको रुपमा बिकास भएको बताउनुभयो ।
सहकारीहरु एक आपसमा गाभिएर ठूला र व्यवस्थित हुनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा जेष्ठ सदस्य गिरि प्रसाद न्यौपाने, भगवती घिमिरे, तुलसीराम आचार्य लगाएतले बोल्नुभएको थियो । सो अबसरमा २२ जना जेष्ठ सदस्य, शेयर सदस्य परिवारको दुई जना विद्यावारिधि गरेका र एसइइमा उत्कृष्ट अंक ल्याउने पाँच जनालाई सम्मान गरिएको थियो ।
यस्तै मुक्तिनगर टोल बिकास संस्थालाई १५ थान र सिद्धिबिनाएक गणेश मन्दीरलाई १० थान कुर्सी बितरण गरिएको थियो । सहकारीको केन्द्रिय कार्यालय रहेको मुक्तिनगर टोल बिकास संस्थालाई हरेक वर्ष बार्षिकोत्सबमा सहयोग गरिर्दै आएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भोला सिवाकोटीको सभापतीत्वमा सम्पन्न भएको थियो । कार्यकारी अधिकृत उमेश पौडेलका अनुसार वि. सं. २०५१ साल माघ ७ गते २८ जना शेयर सदस्यले रु १ हजार जम्मा गरेर स्थापना गरिएको यस सहकारीमा हाल पूंजी रु ५३ करोड पुगेको छ । शेयर सदस्य चार हजार भन्दा वढि रहेका छन् ।