चितवन, ७ माघ । प्रेस संगठन नेपाल चितवनको मंगलवार भरतपुरमा सम्पन्न जिल्ला स्तरीय भेलाले माघ ८ गतेको संगठनको राष्ट्रिय भेलामा सकृय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ । प्रेस संगठन नेपाल चितवनका अधिकासं सदस्यहरु मुल नेतृत्वमै रहेको निश्कर्ष निकाल्दै भेलामा आसन्न पत्रकार महासंघको निर्वाचन र संगठनको भावी रणनितीबारे समेत छलफल गरेको छ ।

प्रेस संठगन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाको अध्यक्षतामा भएको भेलामा चितवनका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । मुलुकको पछिल्लो राजनैतिक अवस्था र संगठनले आगामि दिनमा चाल्नुपर्ने थप कदमका बारेमा समेत भेलामा सहभागीहरुले सुझाव प्रस्तुत गरेका थिए । भेलामा संगठनका केन्द्रीय सदस्य शिशिर सिंगडा, अन्नतप्रकाश सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, पत्रकार महासंघ चितवनका निर्वतमान अध्यक्ष हरिप्रसाद पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल , प्रेस संगठन प्रदेश कमिटि सदस्य तिलकराम रिमाल, कोमलचन्द्र भगत, रामकान्त पौडेल, प्रतिमा सिलवाल, शंकर अधिकारी लगायतले बोल्नु भएको थियो ।

त्यसैगरी भेलामा आदिवासी जनजाति पत्रकार महासंघका निर्वतमान अधयक्ष सन्तकुमार चौधरी, डव्लु डव्लु जे चितवनका निर्वतमान अध्यक्ष शान्ता अधिकारी लगायतले धारणा राख्नुभएको थियो । त्यसैगरी भेलामा अग्रज पत्रकारहरु मनोज विष्ट, शुरेस अधिकारी, अर्जुनप्रसाद शर्मा, मनोज घिमिरे, राेहिणी त्रिपाठी, विश्वास पौडेल,  मनोज पन्त,  टिकादत्त तिमिल्सिना, कृष्ण खनाल,  मधुसुदन दवाडी  लगायतले बाेल्नु भएको थियो । भेलाको सहजिकरण प्रेस संगठनका सदस्य सुवास पण्डीतले गर्नुभएको थियो भने सहभागीहरुलाई प्रेस संगठनका सदस्य गोविन्द घिमिरेले स्वागत गर्नुभएको थियो ।

प्रेस चौतारी चितवनको खाता रोक्का

प्रेस चौतारी नेपाल चितवन शाखाको बैंक खाता रोक्का भएको छ । प्रेस चौतारी चितवनको नाममा रहेको बैंक खाता रोक्का भएको हो । ग्लोवल आईएमई बैंक नारायणगढमा रहेको चौतारीको खाता रोक्का गरिएको प्रेस चौतारी चितवनका तत्कालिन  सचिव गोविन्द घिमिरेले जानकारी दिए । केन्द्रदेखि जिल्ला तहमा संगठनको आन्तरिक समस्या देखिएको भन्दै उनले रकमको हिनामिना हुन नदिनका लागि तत्कालका लागि बैकं खाता रोक्काका लागि बैकंलाई पत्राचार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस !