चितवनः जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना एबं सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको सह आयोजनामा २३ औं भूकम्प सुरक्षा दिवसको अबसरमा प्रदर्शनी गरिएको छ । भूकम्पमा परेका व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा नाटक सहित उद्धारका लागि आबश्यक सामाग्रीहरुको प्रदर्शनी गरिएको हो ।
नेपाली सेनाको नम्बर २ बिपत व्यवस्थापन गण रसौलीले आज भरतपुरको गेष्टहाउस चौरमा प्रदर्शनी गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बिपद व्यवस्थापनका लागि पूर्ब अनुमान गरेर तयारी अबस्थामा रहनु पर्ने बताउनुभयो । अहिले हिजोको अबस्थामा नभई भूम्पबाट सुरक्षित हुँदै काम गर्नु आबश्यक रहेको उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भूकम्प लगाएतका आपतकालिन उद्धारका लागि सबै सधै तयारी भएर बस्नु पर्ने बताउनुभयो । वि. सं. २०७२मा गएको भूकम्पबाट नेपालीले बच्ने तरीका बारेमा ज्ञान लिन थालेको भन्दै उहाँले अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधात्मक हुनु पर्छ भन्नुभयो ।
कार्यक्रममा सर्बसाधारण तथा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।