पत्रकारलाई आक्रमण गर्ने पक्राउ

चितवनः कालिका एफ एममा कार्यरत पत्रकार राजु थापामाथि संघातीक आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का सरद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनले थापालाई घरायासी बिबादका कारण कुटपिट गरेका थिए । उनी सहित ५ जनाको समुहको कुटाईबाट थापाको टाउकोमा गम्भिर चोट लागेको छ । थापालाई आइतबार साँझ कुटपिट भएको हो । कुटपिटका कारण थापाको टाउकोमा गम्भिर चोट हुँदा काठमाडौं नर्भिक अस्पतालमा उपचार भई रहेको छ ।

पक्राउ परेका पौडेललाई प्रहरी ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेको कार्यालयका प्रहरी निरिक्षक सुबष भट्टले जानकारी दिनुभयो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer