रु ६०० ले बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ, २८ पुस । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तोलामा रु ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ । रु एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।(रासस)

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer