चितवनः चितवन राष्ट्रिय निकुञ्जमा चिसोका कारण गैंडाको केटी मरेको छ । निकुञ्जको नवलपरासी सुस्ता क्षेत्रमा करिब २ देखि ३ महिनाको गैंडाको पोथी बच्चा मृत अबस्थामा भेटिएको हो ।

सो बच्चाको ब्रम्हखाग र खुर सुरक्षित रहेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । चिसो बढेका कारण बच्चाको मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । यो संगै चालु आर्थिक वर्षमा २० वटा गैंडा मरेका छन् । जस मध्य ४ वटा चोरी शिकारीले मारेका हुन भने अन्य प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैंडा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस !