चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ८ का २८ वर्षिय सन्तकुमार गुुरुङ्ग, वडा नम्बर ९ का २१ वर्षिय मेलोन सुनार, वडा नम्बर ११ का १८ वर्षिय शिब बि.क. र गोरखाको भिमशेन थापा गाउँपालिकका वडा नम्बर ५ घर भई भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने ३७ वर्षिय नवराज श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर र एक थान स्कुटर सहित बिभिन्न मितिमा पक्राउ गरेको हो । प्रहरीले आज यहाँ पत्रकार सम्मेलन गरि चोरी गरिएका सवारी साधन सहित उनीहरुलाई सार्बजनिक गरेकोे हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्गले घरमा राखिएका सवारी साधन चोरी गरेर नम्बरर प्लेट फेरी बिक्रि गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुुभयो ।
मोटरसाइकल चोरी गर्ने गिरोह अझै जिल्लामा रहेको भन्दै उनीहरुको खोजी कार्यलाई तिब्र पारिएको उहाँले बताउनुभयोे । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम ३ वर्र्ष कैद र रु ३० हजार सम्म जरिवाना सजाय माग सहित अदालतमा मुद्धा दर्ता गरिएको गुरुङ्गले जानकारी दिनुभयो ।