चितवन, १६ पुस ।  मानव स्वास्थ्यका लागि धेरै उपयोगी र औषधिको काम गर्ने खाध्य सामग्री भएपनि यसको प्रचार प्रसार मा कमी हुुदाँ खेती गर्दै आएका किसानलाई उर्जा नभएको एक कार्यक्रममा सहभागी किसानले गुनासो गरेका छन् । दोसो राष्ट्रिय च्याउ दिवसको कार्यक्रममा सहभागि किसानहरुले यस्तो बताएका हुन् । दोसो राष्ट्रिय च्याउ दिवसको सिलसिलामा चितवन जिल्लाको च्याउको अवस्था र योजनाबारेमा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।

चितवन च्याउ उत्पादक संघका अध्यक्ष बाबुुराम केसि ले ४५ वर्षदेखि नेपालका व्यवसायिक च्याउ खेती हुदै आएपनि यसको नीति सरकारले नबनाउदा काम गर्न समस्या भएको बताउनु भयो । साथै ढुवानिमा समस्या हुने गरेको बाईक स्कुटर मा लिएर हिड्दा मान्छे चड्ने साधनमा किन लिएर हिडेको भन्ने साधन रोकिदिने च्याउका पोकाहरु माग्ने दुुख दिने गरेको समेत केसिले बताउनुु भयो ।

त्यस्तै ,कार्यक्रममा बोल्दै प्रमुुख कृषि ज्ञान केन्द्र चितवनका राजन ढकालले पछिल्लो समय कोरोना फैलिरदा च्याउ पौष्टिक आहारको रुपमा रहेको र यसको महत्व कम मानिसहरुले बुुझेको बताउनुुभयो । ‘मानव स्वास्थ्यको लागि उत्तम खाने सामग्री भएपनि यसको बजारीकरण, खेतीलाई प्रवद्र्धन गर्ने कार्यक्रम सरकारले राख्न सकेको छैन ।’ उहाँका अनुसार २०६१ सालबाट मात्रै च्याउ खेती गर्ने किसान मिलेर सस्था स्थापना गरी यसमा बहस हुन थालेको हो ।

लगाएको २० दिनमा बिक्री गरेर आम्दानी लिन सकिने भएपनि बजार व्यवस्थापन नहुुदा ढुवानीमा समस्या हुदा खेती गर्दै आएका किसानलाई उर्जा नभएको सहभागी किसानले गुनासो गरेका छन् । मानव स्वास्थ्यका लागि धेरै उपयोगी र औषधिको काम गर्ने खाध्य सामग्री भएपनि यसको विषयमा किसानले मात्र प्रचार गर्नु परेको सहभागि किसानहरुले बताएका छन् ।

केन्द्रिय सदस्य कृष्ण प्रसाद पौडेलले भन्नुुभयो ‘नेपालमा ८ ओटा खाद्यय प्रवृधिका च्याउहरुको खेति गरीएको छ । र नेपालमा सबै भन्दा बढी अंश कन्ने च्याउले ओगटेको छ भने दोस्रो ग्रोब्रे च्याउले ओगते को छ । विश्वमा तीन प्रकारका च्याउ पाइने गर्दछ । त्यस मध्य विषालु च्याउ जंगलमा पाइन्छ जुन खाना साथ मानिसको मृत्यु हुन्छ । खान योग्य च्याउ यो किसानले व्यवसायिक रुपमा र घरमा खानको लागि खेती गर्ने गरिन्छ ।

औषधिको गुण भएको च्याउ जसले रोग निको पार्न र औषधि निर्माणमा प्रयोग गरिन्छ । औषधि जन्य च्याउमा यार्सागुम्बा, म्याजिक मसरुम लगायतको हुने गरेको पौडेलले बताउनुुभयो । यार्सा हिमाली क्षेत्रमा पाइन्छ भने म्याजिक च्याउ चितवन राष्ट्रिय निकुञ्ज भित्र पाइने गरेको उहाले बताउनु भयो । च्याउ उत्पादक किसान संघ चितवनका अध्यक्ष बाबुराम केसीले भन्नु भयो ‘ वार्षिक ६ करोड आम्दानी हुने गरेको छ ।’ यहाँ ३० जना व्यवसायिक फर्म दर्ता गरी किसानले खेती गर्दै आएका छन् भने ३० वटा व्यवसायिक फर्मले दर्ता गराएका छैनन् ।

उद्योग संघ चितवनका अभ्यक्ष राजुु पौडेल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले च्याउ खेतीको लागि सहयोग गर्ने बताउनु भयो

प्रतिक्रिया दिनुहोस !