चितवनः कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले शुक्रबार साँझ ५ः३० वजे तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी जंगलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार उनी यहि मंसिर २० गते साँझ ५ः१५ वजे कारागार कार्यालयबाट भलिवल खेल्ने जालिको सहायताले पर्खाल नाघि भागेका थिए । जवरजस्ती करणी उद्योग मुद्धामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !