
चितवनः इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजा सहित वाउछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका १२ वर्षीय छोरा रहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका वडा नं. ४ झरना जाने सडकबाट पक्राउ गरिएको हो । चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याईएको छ ।