चितवनः नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा विर बहादुर गुरुङ्, उपाध्यक्षमा क्रमश प्रकाश चापागाई, प्रकाश श्रेष्ठ, महासचिबमा नेत्रनारायण आचार्य, सचिबमा नरेन्द्र अधिकारी, सह–सचिबमा मोहोन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको हो ।

समितिको सदस्यमा त्रिलोचन सुवेदी, गुरु प्रसाद सुवेदी, अनन्त दुवाडी, भरत पाण्डे, प्रेम प्रसाद गैंरे, सुरेशजंग पाण्डे, प्रकाशमणी सापकोटा, इन्द्र क्षेत्री, मोहन बाबु श्रेष्ठ, उमेश अधिकारी, सुदर्शन जोशी र राकृष्ण पुरी रहनु भएको छ ।

अधिबेशन अघि सम्पन्न उद्घाटन सत्रमा बोल्दै नेपाल पोल्ट्रि महासंघका अध्यक्ष गुणचन्द्र विष्टले किसानलाई माथि उठाउन नसके सम्म व्यवसायीको हित हुन नसक्ने बताउनुभयो । किसानको उत्थानका लागि सबै एक भएर काम गर्न जरुरी रहेको उहाँको भनाई थियो । अहिलेको समयमा बितरक बिना व्यवसाय सम्भव नरहेको भन्दै उहाँले खुल्ला अर्थतन्त्रमा बितरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

निर्वाचित भए पछि बोल्दै पाण्डेले संघको हितमा काम गर्ने बताउनुभयो । बजारको माग र आपूर्तीका कारण मूल्यमा तलमाथी हुने भएकाले यसमा कसैले मनोपोली गर्न नसक्ने उहाँको भनाई थियो । आँफुहरुले उपभोक्ता र उत्पादक बिच पुलको रुपमा काम गरीरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेल, नेपाल दाना उद्योग संघका बरिष्ठ उपाध्यक्ष शंकर कंडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष त्रिलोचक कंडेल लगाएतले बोल्नु भएको थियो । सो संघमा देशभरका ८० व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !