चितवनः नेपाली काँग्रेस चितवनले यहि पुस १३ गते सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमको बिरुद्धमा जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । आज पार्टी कार्यालय कमलनगरमा सम्पन्न जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतीहरु, प्रदेश सभापतिहरु र नगरसभापतीहरुको बैठकले संघिय, क्षेत्रीय स्तरको प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले चालेको असंबैधानीक कदम, अलोकतान्त्री कदम र सर्बसत्ता बादी सोचको बिरुद्धमा तीन वटै क्षेत्रमा एउटै समयमा प्रदर्शन गर्न लागिएको हो । संघिय क्षेत्री आयोजनामा हुने प्रदर्शनमा सबै भातृ संस्था, शुभेच्छुक एबं चितवन बासि सबैलाई उपस्थितिका लागि काँग्रेस चितवनले अनुरोध गरेको छ । काँग्रेसका केन्द्रीय कार्यक्रम अनुसार सबै क्षेत्रमा दिउँसो १ वजे आयोजना गरिने सो प्रदर्शनमा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मेलमिलाप दिवसको अबसरमा पुष १६ गते प्रबचन कार्यक्रम गर्ने निर्णय समेत गरेको जोशीले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनको आयोजनामा जिल्ला समन्वय समितिको हलमा विहान ११ः३० वजे हुने कार्यक्रममा काँग्रेसका पूर्ब महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य वद्रि पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।