गैंडाकोट, ८ पुस । नवलपुरको गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गैंडाकोट र बुलिङटार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल खसेको हो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा भएको दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गैंडाकोटको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !