चितवनः धार्मीक क्षेत्र देबघाट आसपासका बिभिन्न स्थानमा पशुवध नगर्न अनुरोध गरिएको छ । देवघाट क्षेत्र बिकास समितिले एक सूचना जारी गर्दै देवघाट क्षेत्रमा पशुवध नगर्न अनुरोध गरेको हो ।
समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले सार्बजनीक सूचना जारी गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १ दियालो बंगला क्षेत्रमा पशुबध गर्ने क्रम बढेकाले यस्तो नगर्न अनुरोध गर्नु भएको हो । सूचनामा भनिएको छ “नारायणी नदी किनारमा कतिपय समुदायले परम्परागत रुपमा पुजा संञ्चालन गर्दै आइरहेको सो पुजामा पशुवली दिने कार्य समेत हुने गरेको भन्ने बुझिन आएको हुँदा समितिको ध्यान आकृष्ट भएको छ ।”
सो क्षेत्र धार्मिक दृष्ट्रिकोणबाट अति महत्वपूर्ण रहेकाले पशुवध गर्न उपयुक्त नहुने सूचनामा उल्लेख छ । बातावरणीय प्रदुषण समेत वढ्न जाने भएकाले नदीको पबित्रता जोगाई राख्न त्यस क्षेत्रमा पशुवध नगर्न समितिले अनुरोध गरेको हो ।






