चितवनः द फन रेसिडेन्सी (होटल चितवन)ले साटा सिल्भर अवाड प्राप्त गरेको छ । भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा अबस्थित सो होटलले लिडिङ इको फ्रेण्डली सिटि होटल शीर्षकमा अवाड प्राप्त गरेको हो ।
आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि रेसिडेन्सीले साउथ एसियन ट्राभल अबाड मार्फत प्रदान गरिएको सो अवाट मंगलबार प्राप्त गरेको रेसिडेन्सीका महाप्रबन्धक दिपेन्द्र पोख्रेलले जानकारी दिनुभयो । सन २०१६ बाट सुरु भएको यस अवाड हरेक वर्ष प्रदान गरिदैं आईएको छ ।
४८ वटा सुबिधा सम्पन्न कोठा, दुईवटा सेमिनार हल, स्वीमिङ पुल, खूल्ला एबं रमणीय स्काई लाउन्चर, स्काई स्पोर्ट बार, ३ सय ६० लाउन्च रहेको सो होटल प्लाष्टिकको प्रयोग गम, क्यामिकलको प्रयोग कम लगाएतका कारण अवार्ड प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो ।
यसै अवसरमा रेसिडेन्सीले यहि पुष ९ गते क्रिसमस पर्वको अवसरमा क्रिसमस २०२० कार्यक्रम आयोजना गर्ने भएको छ । होटलमा हुने सो कार्यक्रममा निशान भट्टराईको प्रस्तुती रहने छ । यो संगै न्यू एयर इभ कार्यक्रम समेत आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । यसले चितवनको पर्यटन क्षेत्रको बिकासका लागि ठूलो टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस !