चितवन : रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी भएका छन् । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गिरीसहित नेकपाको प्यानल नै बिजयी भएको हो ।

गिरीले ६०४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गरे । श्रेष्ठ नेपाली काँग्रेस निकटका हुन् । उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष नै आउदो कार्यकालको अध्यक्ष हुने विधान रहेकोले यसलाई निकै चासोका साथ हेरिएको थियो ।

वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठ बिजय भए । उनले ५३७ मत प्राप्त गर्दा काँग्रेस निकटका उम्मेद्धार कविन घिमिरेले ३७७ प्राप्त गरे । उद्योग तर्फको उपाध्यक्षमा नेकपाका निकटका पुरु खनाल ५८९ मत प्राप्त गरि बिजयी भए भने नेपाली काँग्रेस निकटका निरञ्जन थापाले ५४१ मत प्राप्त गरे । एसोसिएट उपाध्यक्षमा ६६ मत प्राप्त गर्दै नेकपा निकटका राममणी थपलिया बिजयी भए । महासचिवमा नेकपा निकटका निराजन खनाल ६१० मत प्राप्त गरि बिजयी भए भने कोषाध्यक्षमा नेकपा प्यानलका उपेन्द्र शर्मा आचार्य ६४० मत प्राप्त गरि बिजयी भए ।

उद्योग तर्फ सदस्यहरुमा नेकपा निकटका व्यावसायीहरु अनुप विसुराल (६४५) , सुवास मिश्र (५५०) , उद्धबकुमार कोइराला (५३७), रामप्रसाद पाण्डे (५६१), महेन्द्र घिमिरे (६००), विरञ्जना सापकोटा (६३९) बिजयी भए । वाणिज्य सदस्यमा नेकपा निकटका सुर्य प्रकास रेग्मीले (६८९), इश्वरी प्रसाद अर्याल (६१२), रामशरण नेपाल (६५९), सुरेन्द्र दुवाडीले (६८५), सुन्दरमणि सुवेदी (६०६), प्रकासमणि सापकोटाले (५७८), उत्तम घिमिरे (५६८) र अर्जुन बस्ताकोटी (५४०) बिजयी भए । महिला सदस्यमा नेकपा निकट निर्मला सुवेदी ६२१ प्राप्त गर्दै बिजयी भईन् ।

बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भइसकेका छन । भट्ट र मैनाली नेपाली काङ्ग्रेस निकट र महतो तथा सागर नेकपा निकट हुन् ।

प्रतिक्रिया दिनुहोस !