चितवनः गृह सचिब महेश्वर न्यौपानेले राष्ट्रसेवक कर्मचारीहरुले उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनु भएको छ । सशस्त्र प्रहरी वल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको आज निरिक्षण अनुगमनका क्रममा उहाँले राष्ट्र सेवक कर्मचारीहरुले बिपद्मा पु¥याएको योगदानको कदर गर्दै उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनु भएको हो । उहाँले भन्नुभयो “उच्च मनोवलका साथ आफ्नो जिम्मेवारी निभाउनुहोस् ।”

शिक्षालयको भ्रमणका क्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो । भ्रमणका क्रममा दुर्घटनामा परेकाहरुलाई उदार गर्ने कला प्रस्तुत गरिएको थियो । सो अबसरमा उद्धारमा प्रयोग गरिने उपकरणहरु र ट्रमा अस्पतालको न्यौपानेले निरिक्षण गर्नु भएको थियो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालीदास धौवजीले शिक्षालयको गतिविधी बारे संक्षिप्त जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !