चितवनः दुर्घटनामा शब उठाउने बिषयमा बिबाद हुँदा प्रहरीलाई हातपात गरेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो । मृत्यु पश्च्यात शव उठाउने बिषयमा बिबाद हुँदा स्थानीयले प्रहरी सहायक निरिक्षक रामलाल श्रेष्ठमाथि हातपात गरेका थिए ।
सोही आरोपमा प्रहरीले स्थानीय ३५ वर्षिय गणेश थापालाई आज पक्राउ गरेको छ । थापा पक्राउको बिरोधमा स्थानीयले पूर्ब पश्चिम राजमार्गाको भण्डारामा ट्रिपर राखेर आवागमन अबरोध गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आज दिउँसो तीन वजेको देखि सडक अबरुद्ध भएको कार्यालयका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । दुर्घटना मंसिर ८ गते भएको थियो ।