चितवनः ईच्छाकामना गाउँपालीका वडा नम्बर ६ जलबिरे स्थित भित्री सडकमा बोलेरो गाडी दुर्घटना दुई जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । चण्डिभञ्ज्याङबाट राजमार्ग तर्फ आउँदै गरेको ना ४ ख ५०५० नम्बरको बोलेर आँफै अनियन्त्रीतभई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा बोलेरो चालक ईच्छाकामना गाउँपालीका वडा नम्बर ६ का ३० वर्षिय निर्मल गुरुङ र ५० बर्षिया खिमा कुमारी गुरुङ रहेको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिजुलीको पोलमा बोलेरो ठोक्किदा बिजुली सर्ट भई दुई जनाको मृत्यु भएको हो । बोलोरोमा सवार १२ जना घाईते मध्ये ७ जनाको चितवन मेडीकल कलेज र अन्य ५ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईते मध्ये २ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान ९ः५५ वजे भएको प्रहरीले जनाएको छ ।
घाईतेको बिबरण
चितवन मेडीकल कलेजमा उपचार भैरहेका घाईतेहरुः
१) ईच्छाकामना ६ बस्ने बर्ष ५० कि चन्द्र माया चेपाङ सिरियस ।
२) ऐ। बस्ने बर्ष २२ कि कबिता चेपाङ मध्यम ।
३) ऐ। बस्ने बर्ष २० की सुकमती चेपाङ सामान्य ।
४) ऐ। बस्ने बर्ष ५१ को तिलक बहादुर गुरुङ मध्यम ।
५) ऐ। बस्ने बर्ष ५२ की तुलिमाया गुरुङ सिरियस ।
६) ऐ। बस्ने बर्ष ४६ की सिता गुरुङ सिरियस ।
७) ऐ। बस्ने बर्ष ३७ को बालकृण्ण भट्राराई सामान्य ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका घाइतेहरुः
१) ईच्छाकामना गापा ६ बस्ने बर्ष २३ कि दिया क्षेत्री मध्यम ।
२) ऐ। बस्ने बर्ष ४० की सन्तमाया भुजेल सामान्य ।
३) ऐ। बस्ने बर्ष ३५ कि ज्योती घर्ती सामान्य ।
४) ऐ। ३ बस्ने बर्ष ३८ की मिनमाया गुरुङ सामान्य ।
५) ऐ। ६ बस्ने बर्ष ३५ कि पुतली माया गुरुङ सामान्य






