माडीः गैंडाको आक्रमणबाट माडीको सिमराका एकजना गम्भीर घाइते भएका छन् । रीउको बगरमा काँस काटिरहेका माडी नगरपालिका–३, सिमरा निवासी अन्दाजी ५० बर्षीय छेदुवा महतोलाई गैंडाले आक्रमण गरेको हो ।

आक्रमणबाट महतोको शरीरका विभिन्न भागहरुमा गम्भीर चोट लागेको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगी घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस !