
चितवनः पूर्वी चितवनमा आईतबार भएका फरक फरक दुर्घटनामा प्रहरी जवान सहित दुई जनाको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ति नगरपालिका वडा नम्बर ६ मा पूर्व तर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरवन्दि भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षिय न्यौपानेको मृत्यु भएको हो । राती ८ वजे भएको दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारका पुरानो मेडीकल कलेजमा उपचारका क्रममा राती ८ः५० वजे मृत्यु भएको हो ।
न्यौपाने मकवानपुरको आमभञ्ज्याङ्का रहेको प्रहरीले जनाएको छ ।
यस्तै गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ७ का ३५ वर्षिय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मनहरीबाट भरतपुर तर्फ आउँदै गरेको गाडीले बिपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा आज राति ८ः१५ वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर खाने दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।