चितवनः मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले आथिएक वर्ष २०७२÷०७३ देखि२०७६÷ ०७७ सम्ममा ५ सय ८२ जना सहयोगापेक्षीहरुको उद्धार गरेको जनाएको छ । सहयोगापेक्षी सडकआश्रित मानव मुक्त सहर वनाउने उद्धेश्यका साथ स्थापना गरिएको यस संस्थाले सो अबधिमा १ सय ६७ जनालाई परिवार संग पुनर्मिलन गराएको जनाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन, लेखा परिक्षण र सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्क अनुसार आश्रममा रहेका २ सय १७ जनाले स्वेच्छिक आश्रम छाडेको, ६६ जना स्थानान्तरण गरिएको र ५५ जना आश्रीत रहेका छन् । आश्रममा बसोबास गरेको समयमा ८० जनाको मृत्यु भएको आश्रमकी संयोजक निता केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार वि. सं. २०७६ साल कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा पश्चात २ सय ४५ जनाको उद्धार गरिएको छ । जसमध्य ७७ जनालाई परिवार संग पुर्नमिलन गराईएको, ७९ जनाले स्वेच्छिक आश्रम छाडेको १५ जनास्थानान्तरण गरिएको र १ सय ८ जना आश्रित रहेका छन् । सो समयमा ल्याइएका मध्ये १८ जनाको मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

आश्रमको शक्रियतामा दाताहरुबाट भरतपुर महानगरपालिका वडा नम्बर ३ वेलचोकमा प्राप्त जग्गामा सहयोगापेक्षी पुरुषहरुका लागि नारायण भवन निर्माणको काम भईरहेको छ । जसका लागि रु ५० लाख बागमती प्रदेश सरकारबाट बिनियोजन भएको र महिलाहरु राख्नका लागि लक्ष्मि भवन निर्माणका लागि महानगर संग वजेटको माग गरिएको सो अबसरमा जानकारी दिइएको थियो ।

बागमती प्रदेशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरि चितवन जिल्ला घोषणा कार्यक्रमलाई अगाडी बढाउन संयन्त्र तयार गरिर्ने कार्यक्रममा बताईएको थियो ।आश्रमले बिभिन्न निकायबाट प्राप्त गरेको सहयोग र खर्चको बिबरण समेत सो अबसरमा सार्वजनीक गरिएको छ ।

खर्च बिबरण सार्वजनीक गर्दै आश्रमका कोषाध्यष होमनाथ तिमिल्सीनाले आर्थिक वर्ष २०७६÷०७७मा रु ८६ लाख ९१ हजार ७ सय ५० रुपंैया बिभिन्न निकायबाट प्राप्त भएको मध्ये रु ७ लाख ७७ हजार ५ सय ९८ मौज्दात रहेको जानकारी तिमल्सिनाले जानकाररी दिनुभयो । आश्रमकी अभिभावक प्रेम प्रभा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्, समाजसेवी प्रेम श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !