
चितवनः कारागार कार्यालय चितवनबाट थुनुवा भागेको बिषयलाइ लिएर स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यिय छानविन समिति गठन गरिएको हो ।
समितिले घटनाको बास्ताबिकता बुझि प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्ने छ ।