चितवनः नेपाली काँग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेलाई पितृ शोक परेको छ । घिमिरेका ६४ वर्षिय पिता रविराज घिमिरेको आज निधन भएको हो ।
निमोनिया, मधुमेह र उच्च रक्तचापका चितवन मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज दिउँसो निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उहाँको शनिवार बिहान ९ वजे अन्तिम शंस्कार देवघाटमा गरिने नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका एक श्रीमती, दुई छोरा र दुइ छोरी हुनुहुन्छ । नगरसभापति घिमिरे जेठो छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !