चितवनः कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा एक
जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५१ वर्षिय पुरुष रहेका छन् ।
उनले मंसिर ९ गते कोरोना भाईरस परिक्षणका लागि चितवन मेडिकल कलेजमा नमुना दिएका थिए । ११ गते नतिजा पोजेटिभ आएको जानकारी गराए संगै उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।