बिरामी बोकेको पिकअप त्रिशुलीमा खस्दा ३ जना वेपत्ता

चितवनः प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाईते हुनुभएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलाबाट लु १ च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० वजे सडकबाट करिब ६० मिटर तल त्रिशुलीमा खसेको हो ।
त्रिशुलीमा खस्दा पिकअपमा सवार चार जना मध्ये एक जना घाईते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा प्युठान घर भएका ३८ वर्षिय मुकुन्द वहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । यस्तै वेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालीका वडा नम्बर १ का २३ वर्षिय सुर्य केसी, ३३ वर्षिया जमुना रोक्का र बिरामी १५ वर्षिया जिनिसा रोक्का रहेका छन् ।
घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाईएको र अन्यको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । त्रिशुलीमा खसेको पिकअप पानीले डुवेर नदेखिने अबस्थामा रहेको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer