चितवनः व्यक्तिगत कामका शिलशिलामा चितवन आउनु भएका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनु भएको छ । नारायणगढस्थित होटल सेन्ट्रापाम्पमा हिजो साँझ आएर बस्नु भएका शाहलाई आज बुधबार साँझबाट छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ ।

शाहको होटलमै ईसिजी गरिंदै छ । यसैगरी रगत परीक्षण गर्न लागेको छ । ईसिजी र रगत परीक्षणको नतिजा आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने चिकित्सकहरुले बताएका छन् । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बुल्झिएको अनुमान चिकित्सकले गरेका छन् । यस अघि शाहमा हट्याट्याक्कको समस्या देखिएको थियो

प्रतिक्रिया दिनुहोस !