
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले रु ५ लाख १७ हजार १ सय ७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राती पक्राउ गरिएको हो ।
स्थानीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडा समेत वरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो ।