
चितवनः जिल्लाका अस्पतालहरुमा बिरामीको चाप वढे संगै रगतको अभाव भएको छ । योजनावद्ध रुपमा उपचार गर्न आउने बिरामीहरु लकडाउनमा घरमा वसेको र अहिले अस्पताल आएका कारण रगतको माग वढे संगै आपूर्ती हुन नसकेको हो ।
क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले माग अनुसार रगत पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रमा दैनिक १ सय युनिट रगतको माग भईरहेको भए पनि ४० युनिट पुरा गर्न समेत कठिन भएको उहाँको भनाई छ । कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाताहरु केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनु लगाएतका कारणले रगतको अभाव भएको उहाँले जानकारी दिनुभयो । स्कुल, क्याम्पसहरु वन्द छन् । उहाँले भन्नुभयो “रगतको माग वढेको वढ्यै छ । दवाव थेग्नसक्ने अबस्था छैन ।”
बिरामीका आफन्त र स्वयम सेवि रक्तदाताहरुको भरमा रगतको माग पुरा गर्न कठिन भएको केन्द्रले जनाएको छ । उहाँले भन्नुभयो “लकडाउने रोकिएका बिरामीहरु उपचारका लागि अस्पताल आउन थालेका छन् । उनीहरुको शल्यक्रिया अस्पतालहरुमा भई रहेकाले रगत पु¥याउन कठिन भयो ।”
जिल्लामा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उहाँको भनाई छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप वढे संगै रगतको माग वढ्न थालेको हो । यहाँ रहेको क्यान्सर अस्पतालमा देशका बिभिन्न स्थान संगै छिमेकी देशबाट समेत उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवन सहित १९ भन्दा वढि जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।