
चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का ५५ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगैं अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो १२ः५ वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।