
चितवनः कोरोना सङ्क्रमणका कारण पूर्बी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार कात्र्तीक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृगौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए पछि स्वास्थ्यमा सुधार नआएर घर लएिका उनको मंगलशार राती ११ वजे मृत्यु भएको हो ।