चितवनः जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको संख्या ५ हजार ८५ पुगेको हो ।

सङ्क्रमित मध्ये ३ हजार ५ सय १९ जना भरतपुर महानगरपालिकाका रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ६ सय ३४, खैरहनी नगरपालिकाका ३६० सय ९४, राप्ती नगरपालिकाका २ सय ८७, कालिका नगरपालिकाका १ सय ५१, माडी नगरपालिकाका १ सय ३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

जिल्लाका सङ्क्रमित मध्य ३ हजार ४ सय ८६ जनाले कोरोना जितेका छन् । १ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ हजार ३ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।

सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ जना पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट जिल्लाका ७७ जनाको मृत्‍यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !