काठमाडौंः धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेको बताउनुभयो।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक डाकेका छन् । स्रोतअनुसार अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजेका लागि बैठक डाकेका हुन् ।

धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

सचिवालय बोलाउनुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले बिहान प्रचण्डलाई भेटेका थिए । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेका थिए ।

ओली पक्षका नेताहरूलाई भेटेपछि प्रचण्डले बोलाएको सचिवालय बैठक महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस !