चितवनः कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ११ कञ्चकन्या चोकका ७७ वर्षिय वृद्धको मृत्यु भएको हो ।

प्रहरी चौकी जिरौनाका अनुसार उनको आज बिहान ६ः३० वजे मृत्यु भएको हो । मधुमेह र रक्तचापको बिरामी भई कात्तिक २१ गते नारायणी सामुदायीक अस्पतालबाट स्वाब परिक्षण पछि २२ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !