चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ का ७७ वर्षिय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसर निमोनिया, मधुमेह र रक्तचापको समस्या भई कात्तिक १९ गते अस्पतालमा भर्ना भएका उनमा कात्तिक २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार राती ९ः५० वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !