चितवनः चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष पछि पुनः तस्करले गैंडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनितिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार वटा गैंडा मारिएका छन् ।
यसै अबधिमा प्राकृतिक कारण १० वटा गैंडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार तस्करले गैंडा मार्न थालेपछि नयाँ रणनिति अपनाउन थालिएको हो । निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहार अघिनै तत्कालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर निकुञ्ज बिभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ ।
वन तथा वातावरण मन्त्रालयका सचिब विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । योजना वने पछि मन्त्रालयका तर्फबाट आबश्यक सहयोगका गरिने ओलीले आश्वासन दिनु भएको छ । वरालले भन्नुभयो “हामी योजना वनाएर संरक्षणमा जुटेका छौ ।” बिचको समयमा चोरी शिकार बन्द भए संगै कतिपय संरचना भत्किएकाले पुनः पूर्बबत अबस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ । बरालले निकुञ्ज भित्र कडाइका साथ गस्ति, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरो संग सहकार्य गरेर प्रबिधिको प्रयोग गरि चोरी शिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिनुभयो ।
निकुञ्जका सम्वेदनशिल क्षेत्रहरुमा स्विप अप्रेसन सुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरि गस्ति गरिएको छ । पैदल, डुङ्गा, साईकल, मोटरसाईकल, गाडी, हात्ती गस्ति गरिदै आइएको छ । हाल निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् । संकटकालको समयमा तस्करी बढेका बेला पोष्टको संख्या ५२ पु¥याईएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना वनाएको छ । बरालले मध्यबर्तीका बासिन्दाहरु संग सहकार्य गरि सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिनुभयो ।
वि.सं. २०७३ को चैतमा कसरा नजिकै सामुदायीक वनमा तस्करले गैंडा मारे यता प्राकृतिक कारणले मात्र गैंडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैंडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैंडा फेला परे संगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैंडा भेटिएका थिए । निकुञ्जमा सवै भन्दा वढी गैँडा आर्थिक वर्ष २०५८÷०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैडा मध्ये ३७ वटा चोरी शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
यस आर्थिक वर्षमा निकुञ्जमा गैंडा गणना गरिदै छ । गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण वढे पछि रोकीएको थियो ।