चितवनः ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम बिक्रम थापा रहेका छन् ।
नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई आज दिउँसो १ः४० वजे ठक्कर दिएको थियो । ठक्करबाट घाईते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा २ः४५ वजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी र ट्याङ्करका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !