धादिङ्ः नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा बसीरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा सख्त घाइते भएकी छन् । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ । घटना प्रकृतिअनुसार मुद्दामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !