चितवन : राप्ती नदीले वगाउँदा पश्चिम चितवनका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २४ की ४५ वर्षिया श्रीमाया घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सामुदायीक वनमा दाउरा खोज्न जाने क्रममा घलानलाई नदीले वगाएको थियो । नदीले वगाएर आज दिउँसो १२ वजे बेपत्ता भएकी उनको शब आन दिउँसो १ वजे मृत अबस्थामा भेटिएको थियो । कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार उनी संगै वेपत्ता भएकी ५५ वर्षिया मन कुमारी तामाङ्को खोजी कार्य जारी रहेको छ ।

इलाका प्रहरी कार्यालय गितानगर र दिव्यनगरको प्रहरी, स्थानीय र आफन्त मिलेर खोजी कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !