धादिङः नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सीताराम बर्माको निधन भएको छ । ७९ वर्षीय बर्माको उपचारको क्रममा बिहीबार राति काठमाडौंस्थित किष्ट अस्पतालमा निधन भएको हो।
बर्मालाई कोरोना संक्रमण देखिए पनि नेगेटिभ आइसकेको थियो। पत्रकार बर्मालाई उच्च रक्तचापको समस्या थियो ।
बर्माले लामो समय राष्ट्रिय समाचार समितिमा रहेर काम गर्नुभएको थियो । उहाँकी कान्छी पत्नीको पनि हालै निधन भएको थियो। बर्माका तीन छोरी दुई छोरामध्ये एक छोराको निधन भइसकेको छ।
बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।







