चितवनः चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत भेटिएको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा आज भाले गैंडा मृत भेटिएको हो ।

अन्दाजी ३०÷३५ वर्षको गैंडा बुढो भएर मरेको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले बताउनुभयो । गैंडाको खाग र खुर सुरक्षित रहेका छन् ।

निकुञ्जमा चालु आर्थिक वर्षमा यो सहित ९ वटा गैंडा मरेका छन् । तस्करको गोलिबाट एउटा गैंडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो । अन्य गैंडा प्राकृतिक कारणले मरेका हुन् । गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैंडा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस !