चितवन – चितवनका बिभिन्न चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बस ट्रमिनल, पुलचोक, पोखरा बसपार्क र मुग्लिनमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

नारायणगढको पुलचोकमा आज उक्त यात्रु सहायता कक्षको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सुर्य थापा, नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम प्रसाद सुवेदी, नारायणी यातायात प्रा.लि.का क्षेत्रिय प्रमुख शंकर गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रघुसिंह बिष्टलगायतको उपस्थिती रहेको थियो ।

चाडपर्व लक्षित सुरक्षा याेजना अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

चाडपर्व मनाउन जिल्ला भित्रिने र बाहिरिने यात्रुकाे सहजता र सुरक्षाका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको चितवनका ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । ‘सार्वजनिक सवारीहरूमा हुन सक्ने भीडभाड, चाेरी लुटपाट, यात्रुहरु ठगिने, बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रा गराउने, टिकटमा कालाेबजारी, यात्रुहरुमाथि हुन सक्ने दुर्व्यवहार नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरेका हौं उनले भने, सवारी र यात्रुजन्य बिभिन्न समस्या तथा गुनासाेलाई तत्काल सम्बन्धित स्थानमा नै सम्बाेधन गरी समाधान गर्नेछौं ।’ यसले चाडपर्वकाे समयमा सार्वजनिक सवारीलाई थप सुरक्षित,मर्यादित, अनुशासित र विश्वसनीय बनाई यात्रुहरूकाे आवागमन सहज र व्यवस्थित हुने अपेक्षा रहेको उनले बताए

प्रतिक्रिया दिनुहोस !