चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरि ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरि ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिईएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ शहिदचोक नजिक चेकजाँचको क्रममा सो ट्रक नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय राम वहादुर चौधरी र ३५ वर्षिय मिना केसीलाई आबश्यक कारवाहीका कालगी बिरगञ्ज भन्सार कार्यालय पठाईएको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !