चितवनः जिल्लामा कोरोना सङ्क्रमित दुई जना वृद्धको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा एक जनाको र होम आईसोलेसनमा रहेको समयमा अर्का एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर १ का ७७ वर्षीय वृद्ध रहेका छन् ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालाका अनुसार दम र मधुमेहको समस्याका कारण कात्तिक ८ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आईतबार राती १२ः२९ वजे मृत्यु भएको हो । कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनमा थप समस्या भए पछि अस्पताल ल्याईएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै राप्ती नगरपालिका वडा नम्बर ७ का ६९ वर्षीय वृद्धको मृत्यु भएको छ । रक्तचापको बिरामी भई पक्षघातको उपचार गराई होम आईसोलेसनमा बस्दै आएका उनको आईतरबार राती ८ वजे मृत्यु भएको हो । उनमा असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
भरतपुर अस्पतालमा उपचार पछि कात्तिक ४ गते उनलाई घर फर्काईएको थियो ।

प्रतिक्रिया दिनुहोस !