काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री खड्काले कोरोना महामारीले सिंगो देश आक्रान्त भएको बेला सरकार कुम्भकर्णको जस्तो निन्द्रामा रहेको आरोप लगाउनुभएको छ । खड्काले कोरोना महामारी नियन्त्रण तथा राहत प्याकेजमा लाग्नु पर्नेमा अहिले सरकार कुम्भकर्ण निन्द्रामा रहेर आन्तरिक धन्दा चलाएको आरोप लगाउनुभयो ।
सरकार अहिले कोरोना महामारी जनतालाई राहत प्याकेज ल्याउनु पर्नेमा त्यसका नलागेको आरोप लगाउँदै खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । “कोभिड संक्रमणको महामारीले सिंगो देश आक्रान्त छ । सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा ब्यस्त छ, न जनताको चिन्ता छ, नत देशको नै ?” उहाँले भन्नुभएको छ “सत्ताधारी पार्टी ७ महिनादेखि सत्ताको आन्तरिक छिनाझम्टी र लुछाचुँडीमा ब्यस्त छ ।”
कोरोना महामारी विपत्तिका बेला जनतामा सरकार रहेको अनुभूति दिलाउन आवश्यक रहेको भन्दै ‘यो विपत्तिको कहरमा जनताका लागि खोइ प्रधानमन्त्री ? खोइ सरकार ? खोइ राहत प्याकेज ? न जिम्मेवारी बोध छ ?’ प्रश्न गर्दै खड्काले भनेका छन्, “न जनतालाई कुनै भरोसाको सन्देश छ । यो अकर्मण्यता, यो मौनता दुर्भाग्यपूर्ण छ ।”