चितवनः स्थानिय प्रशासनले चाडपर्ब लक्षित अनुगमनलाई तिब्र वनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पछिल्लो समय वजारमा हुन सक्ने कालोवजारी नियन्त्रणकका लागि वजार अनुगमनलाई तिब्र बनाएको हो ।
यसै क्रममा आम उपभोक्ता ठगि गरेको आरोपमा ५ वटा पसललाई जरिवाना गरिएको छ। मुल्यसुचि नराखि समान बिक्रीवितरण गरेको आरोपमा चितवनका ५ वटा पसललाई पचासर पचास हजार जरिवाना गरिएको हो।
जिल्ला प्रसाशन कार्यालय चितवन, वाणिज्य कार्यलय विरगंज र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका भित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखेको तथा खरिद र बिक्री बिल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु संचित गरी राखेको आरोपमा चितवनका निर्जला स्टोर्स, सुनिता खाद्य उद्योग, जय श्री बालाजी ट्रेडर्स, शुलभ खाद्य भणडार र शुभम फ्रुट ट्रेडर्सलपसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम ५०–५० हजारको दरले २ लाख ५० हजार रुपैया जरिवाना गरिएको जिल्ला प्रशासन कार्यलय चितवनका साहयक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो।
शर्माकाअनुसार सात दिन भित्र जरिवाना रकम बैंक दाखिल गरी भौचर पेश गर्न र तत्काल सुधार गर्न पसलवालालाई निर्देशन दिइएको छ । प्रशसन को नियम नमानेमा पसल बन्द गरिने उहाँले जानकारी दिनुभयो ।






